बकर इदले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव मजबुत बनाउँछ: प्रदेश प्रमुख भट्ट

पाेखरा | जेठ २४, २०८२

बकर इदले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव मजबुत बनाउँछ: प्रदेश प्रमुख भट्ट

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

 

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायमा ईद–उल–फित्रपछिको दोस्रो ठूलो पर्वको रूपमा बकर इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको उल्लेख गर्नुभएको छ ।

 

‘यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ । साथै, सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ उहाँले भन्नुभएको छ ।

 

‘विविधतामा एकता’ हाम्रो मौलिक राष्ट्रिय पहिचान हो भन्दै भट्टले हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन यो पर्वले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

 

‘यस पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्